लायन्स क्लब अफ बिराटनगर मेट्रोले फोचोदास आधारभुत विद्यालयमा सेवा कार्यक्रम आयोजना

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, आषाढ २३, २०८१

२२२४  पटक हेरिएको

बिराटनगर। लायन्स क्लब अफ बिराटनगर मेट्रोले बर्जु गाउँपालिका वडा नम्बर ६ मा रहेको फोचोदास आधारभुत विद्यालयमा बिभिन्न सेवा कार्यक्रम आयोजना गरेको छ।

क्लबका अध्यक्ष नरेश कुमार साहका अनुसार, डिस्ट्रीक गभर्नरको १०० दिने कार्यक्रम अभियान अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा दन्त जाँच, आँखा जाँच, व्यक्तिगत सरसफाइ, मधुमेह जाँच, बृक्षारोपण सचेतना, शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रम समावेश थिए।

दन्त जाँच कार्यक्रम बिराटनगर सिटि डेन्टल केयरको सहयोगमा आयोजना गरिएको थियो र सोको नेतृत्व डाक्टर अम्बिका साहले गर्नुभएको थियो। ब्यक्तिगत सरसफाइको तालिम जीवन यादव लगायतको टिमले दिएको थियो भने शैक्षिक सामाग्री कैलाश खाकी श्रेष्ठले प्रायोजन गर्नुभएको थियो। क्लब अध्यक्ष साहका अनुसार क्लबका अन्य सदस्यहरुको सहयोग समेत लिएर कार्यक्रमको आयोजना गरिएको थियो।

लायन्स क्लबको नयाँ कार्यकाल जुलाई १ देखि सुरु हुनेछ। यस वर्ष डिस्ट्रीक गभर्नर विकास अधिकारीको कार्य योजना अनुसार डिस्ट्रीक ३२५ सि मा रहेका क्लबहरुले १०० दिने सेवा कार्यक्रम जुलाई १ देखि नै सुरु गरेका छन्। सोही क्रममा मेट्रोले पनि कार्यक्रम आयोजना गरेको हो।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!