६५९० पटक हेरिएको
वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंजका प्राविधिक ईन्जिनियर नितेश्वर यादव र सुपरभाईजर पारस ठाकुरले आफ्ना फाँटमा ताण्डव मच्चाएका छन् ।
सो कार्यालयमा आएका सेवाग्रहीहरु सँग रकमको मोलमोलाई गरी गाडी जाँच्ने गर्ने गरेको बताईन्छ । रकमको भरमा गाडी जाँची काम नलाग्ने गाडीलाई पनि राम्रो छ भनि ईन्जिनियर यादवले सही गर्ने गरेको प्रमाण यस अनलाईन सँग सुरक्षित रहेको छ ।
सो प्राविधिक फाँटमा ईन्जिनियर यादवले सेवाग्रहीहरु सँग आफु घुसको रकम नलिई सोही फाँटमा रहेका एक बिचौलिया मार्फत लिने गरेको बताईन्छ । सो बिचौलिया कुनै किसिमको कर्मचारी नभए तापनि उनी कर्मचारीको हैसियतमा ईन्जिनियर यादवको निर्देशनमा कुरो छिनोफानो गरी रकम असुलीसके पछि मात्र ईन्जिनियर यादवले सही गर्ने गरेको बताईन्छ ।
भ्रष्टाचारको मामिलामा गन्हाईसकेका ईन्जिनियर यादवले कतिपय अवस्थामा गाडीहरु नआए पनि घुसको रकमको बलमा गाडी सही भएको अवस्थामा छ भन्दै सही गर्ने गरेको बताईन्छ ।
कुनै पनि गाडीको नविकरण वा नामसारी गर्नु परेमा कार्यालयमा गाडी ल्याउनु पर्ने अनिवार्य व्यवस्था रहे ता पनि ईन्जिनियर यादवले निश्चिित रकम लिई गाडी दुरुस्त रहेको भनि प्रमाणित गर्ने गरेको भुक्तभोगीहरु बताउदंछन् ।
करिब एक वर्ष अगाडि देखि वीरगंजमा कार्यरत्त रहेका ईन्जिनियर यादवले यस भन्दा अगाडि लहान, दाङ र हेटौडा यातायात व्यवस्था कार्यालयमा कार्यरत्त रही भ्रष्टाचार सम्बन्धमा अनुभव बटुलिसकेका सिपालु कर्मचारी रहेको उनका आसेपासेहरु बताउदंछन् ।