एसियन थाई फुड्सद्वारा टु पिएम चाउचाउका दुई नयाँ भेरियन्ट सार्वजनिक

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, साउन ०४, २०८१

१२३३  पटक हेरिएको

बिराटनगर।  एसियन थाई फुड्स प्रा. लि. ले मास्टरशेफ सन्तोष साहको रेसिपी अनुसार तयार पारिएको टु पिएम चाउचाउका दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको छ। कम्पनीका अनुसार यी चाउचाउ स्वाद, गुणस्तर, र प्याकेजिङ्गमा उत्कृष्ट छन्।

मास्टरशेफ सन्तोष साहले यी भेरियन्ट विकास गर्न लामो समय लागेको र उपभोक्ताले यी रेसिपी रुचाउने विश्वास व्यक्त गरेका छन्। कम्पनीले पुनः उत्पादन तथा बिक्री वितरण सुरू गरेको जानकारी दिएको छ।

२०५६ सालमा स्थापित कम्पनीले टु पिएम, रमपम, र प्रिती जस्ता ब्राण्डहरू बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले अकबरे चिकन चाउचाउसहित अन्य स्न्याक्स उत्पादनहरू पनि बजारमा ल्याएको छ।

कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले मास्टरशेफ सन्तोष साहद्वारा तयारी गरिएका नयाँ टु पिएम चिकन मसला र भेज मसला करी नूडल्स बजारमा ल्याउन पाउँदा उत्साहित भएको बताए। टु पिएम चाउचाउ ३० भन्दा बढी मुलुकमा निर्यात गरिरहेको र नेपालका उत्पादनहरूलाई विश्वव्यापी बनाउनमा योगदान दिएको कम्पनीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!