नेपाली कांग्रेस मोरङले बीपी स्मृति दिवसमा विशेष कार्यक्रम गर्दै

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, साउन ०४, २०८१

१६३१  पटक हेरिएको

विराटनगर । नेपाली कांग्रेस मोरङले बीपी कोइरालाको ४२ औं स्मृति दिवसमा विशेष कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरेको छ । बीपी स्मृति दिवसको सन्दर्भ पारेर स्वास्थ्य शिविर, रक्तदान र कविता प्रतियोगिता आयोजना गर्ने निर्णय भएको नेपाली कांग्रेस मोरङले जनाएको छ ।

कार्यक्रमअनुसार साउन शनिबार विराटनगरको रामजानकी मन्दिर परिसरमा वृहत् आँखा शिविरको आयोजना गरिने र यसमा ठूलो संख्यामा सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको कांग्रेसले जनाएको छ । शिविरमा निःशुल्क स्वास्थ्य जाँचको सुविधा दिइने बताइएको छ । मोरङमा रगतको अभावलाई मध्यनजर गर्दै त्यही दिन रक्तदान कार्यक्रम पनि गरिने जिल्ला सभापति डिग बहादुर लिम्बूले बताए ।

आइतबार सुनवर्षी नगरपालिका वडा नं ९ मा रहेको बीपी केन्द्रमा खुला कविता प्रतियोगिताको आयोजना हुनेछ । प्रतियोगितामा सबै उमेर समूहका साहित्यप्रेमीहरूले सहभागिता जनाउन सक्ने नेपाली कांग्रेस मोरङका सूचना संचार एवम् प्रचार विभाग प्रमुख वीरेंद्रकुमार साहले बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!