१५६८ पटक हेरिएको
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्ले देशभरका १६ जिल्लाका २ हजार ५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्ने भएको छ। परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीका अनुसार कोशी प्रदेशका इलाम र झापासहित धनुषा, चितवन, काठमाडौंलगायतका १६ जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई झोला, कपी, कलम, जमेक्ट्री बक्स, पुस्तकलगायतका सामग्री वितरण गरिनेछ।
विगत ३ वर्षदेखि परिषद्ले यस्तो कार्यक्रम गर्दै आएको छ। यसैगरी, परिषद्ले देशका सातवटै प्रदेशमा शिक्षा क्षेत्रको समग्र सुधारका लागि शिक्षा कार्यशाला पनि सम्पन्न गरिसकेको छ।
परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानका अनुसार परिषद्ले विद्यार्थीहरूको वैचारिक एवम् सामाजिक विकासका लागि विभिन्न किसिमका तालिम, कार्यक्रम र अभियानहरू सञ्चालन गर्दै आइरहेको छ।