२८२५ पटक हेरिएको
बिराटनगर। कामाख्या परिवारले वर्षौ देखी गर्दै आएको विभिन्न सेवा सहयोग कार्यमा जय माँ कामाख्या मोवाइल रिपेरिङ्ग सेन्टरले आफ्नो आम्दनीको दशाँस सहयोग गर्ने संस्थाले जनाएको छ ।
मधेस प्रदेशको राजधनी जनकपुरको रामानन्द चौकमा संचालित जय माँ कामाख्या मोवाइल रिपेरिङ्ग सेन्टरका संचालक तथा युवा अभियन्ता दीपेन्द्र भण्डारी र उनकी धर्मपत्नि दिपाली भण्डारीले आफ्नो पसलबाट हुने आम्दनीको दशाँस कामाख्या परिवार मार्फत हुने सेवाकार्यमा सहयोग गर्ने बताए ।
उनीहरु कामाख्या परिवारको कार्यालयमा गई हालसम्म जम्मा गरेको रकम संस्थाकी सचिव ललिता लाभलाई हस्तान्तरण गर्दै आफ्नो पसल संचालनमा रहुन्जेल आम्दनीको दशाँस सेवामा सहयोग गर्ने प्रतिबद्धता गरेको सचिव लाभले जानकारी दिइन ।
संचालक भण्डारीले ‘प्रत्येक दिनको आम्दनीको दशाँस एउटा छुटै बक्सामा जम्मा गरी एकमुष्ठ रकम संस्थमा बुझाएको छु’ बताए । संस्थाले वर्षौ देखि गर्दै आएको सेवा सहयोग खाद्यान्न, कपडा तथा शैक्षिक सामग्री वितरण लगायतको कार्यमा सो रकम खर्चिने सचिव लाभले जानकारी दिइन् ।
कामाख्या परिवाले विशेष गरेर जाडोयाममा न्यनो कपडा, कम्बल, खाद्यान्न तथा गरिव विपन्न असहाय विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै आएको छ ।