१९४९ पटक हेरिएको
विराटनगर। कोशी प्रदेश सरकारले बिहीबारदेखि ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा यो सेवाको उद्घाटन गर्दै जनताका गुनासा सुन्नका लागि यो सेवा प्रभावकारी हुने बताए।
प्रदेश सुशासन ऐन २०७६ अनुसार सञ्चालित यो सेवाका लागि २४ सै घण्टा सञ्चालन हुने छुट्टै कक्षसमेत स्थापना गरिएको छ। मुख्यमन्त्री कार्कीले यसले सासकीय सुधारमा ठूलो योगदान पुर्याउने र सरकारका विभिन्न निकायको काम कारबाहीलाई प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
“सुशासनबाट नै जनतालाई राहत दिन सकिन्छ,” मुख्यमन्त्री कार्कीले भने, “यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिएको छु।” उनले यो सेवाले जनताको जीउधन र विपद्सँग सम्बन्धित आपत्कालीन अवस्थामा पनि सहयोग पुर्याउने बताए।
प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले हालको सरकारले सासकीय सुधारमा उल्लेखनीय प्रगति गरेको बताउँदै यो सेवाले थप सुशासन प्रवर्द्धन गर्ने बताए। कोशी प्रदेश सरकारसँग सम्बन्धित कुनै पनि गुनासा