१८०१ पटक हेरिएको
युएई । नेपाल एसोसिएसन (एनआरएनए) युएईको आयोजनामा आगामी आईतबार (अगष्ट १८ तारिख) दुबईमा आयोजना हुने ‘एनआरएनए तिज धमाका – २०२४’ को सम्पुर्ण तयारी पूरा भएको छ ।
नेपाल एसोसिएसनले १९ औं वार्षिक साधारणसभा संँगै राहत तथा उद्दार कोष सहयोगार्थ आयोजना गर्न लागेको वृहत् सांगीतिक कार्यक्रम (एनआरएनए तिज धमाका – २०२४) को तयारी पूरा भएको आयोजक नेपाल एसोसिएसन (एनआरएनए युएई) का अध्यक्ष विकास शाहीले जानकारी दिए ।
बरदुबईको याक एण्ड यति एभरेष्ट क्लबमा आयोजना हुने कार्यक्रममा चर्चित कलाकारहरु प्रिती आले , प्रकाश दुधराज , नारायणी खत्री सहित युएईमा क्रियाशिल नेपाली कलाकारहरुको प्रस्तुति रहने बताईएको छ ।
संस्थाको राहत तथा उद्दार कोषमा आर्थिक सहायता जुटाउने उद्देश्यले सांगीतिक कार्यक्रम राखिएको हँदा युएईमा रहने सबै नेपालीहरुलाई कार्यक्रममा उपस्थित भईदिन आयोजक नेपाल एसोसिएसन (एनआरएनए) युएईले आग्रह समेत गरेको छ ।
युएईमा समस्यामा परेका नेपालीहरुको सहयोग र उद्दारमा अग्रपंक्तिमा रहने नेपाल एसोसिएसन युएईमा आधिकारिकता प्राप्त गर्ने एकमात्र सक्रिय नेपाली सामुदायिक संस्था हो । यसले नेपाली दूतावास र स्थानीय प्रशासनसंगको समन्वयमा युएईमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।
नेपाली दिदीबहिनीको महान पर्व हरितालिकाको अवसरलाई समेत सदुपयोग गर्दै ‘एनआरएनए तिज धमाका – २०२४’ आयोजना गरिएको अध्यक्ष शाहीको भनाई छ । उनले यो कार्यक्रममा युएईका सातै राज्यहरुबाट नेपालीहरुको उपस्थिति रहने जानकारी दिएका छ्न ।
बिहान १० बजेबाट दिउँसो २ बजेसम्म संस्थाको वार्षिक साधारणसभा सञ्चालन हुने र त्यसपछि सांगीतिक कार्यक्रम शुरु गरिने आयोजकले जानकारी दिएको छ ।