जनता आदर्श बहुमुखी क्याम्पसमा साइबर अपराधविरुद्ध विद्यार्थी सचेत

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, भाद्र ०९, २०८१

१८९८  पटक हेरिएको

विराटनगर। जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरूलाई साइवर अपराधविरुद्ध सचेत बनाउने दुई दिने तालिम आयोजना गरेको छ। प्रविधिको बढ्दो प्रयोगसँगै साइवर अपराधका घटना पनि बढ्दै गएको सन्दर्भमा यो तालिम निकै महत्वपूर्ण मानिएको छ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक गुरु प्रसाद तिम्सिनाले साइवर अपराधका विभिन्न आयाम, यसबाट बच्ने उपाय र कानुनी प्रक्रियाबारे विस्तृत जानकारी गराएका थिए। तिम्सिना भारतमा साइवर सुरक्षा सम्बन्धी तालिम प्राप्त गरिसकेका छन् र महिला तथा बालबालिकाविरुद्ध हुने साइवर अपराधका क्षेत्रमा लामो अनुभव पनि छ।

क्याम्पसले सामाजिक कार्यका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्न विभिन्न विज्ञहरूलाई अतिथि प्राध्यापकका रूपमा आमन्त्रित गर्ने गरेको छ। यस पटकको तालिममा एमएसडब्ल्यू र बीएसडब्ल्यूका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रहेको जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्य विषयमा स्नातक र स्नातकोत्तर तहको अध्ययन अध्यापन गराउँदै आएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!