विश्वकर्मा पूजा तथा वास्तु दिवस विशेष श्रद्धा र भव्यताका साथ मनाइँदै

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

१४३२  पटक हेरिएको

आज नेपालभरि विश्वकर्मा पूजा तथा वास्तु दिवस विशेष श्रद्धा र भव्यताका साथ मनाइँदै छ। विभिन्न कलकारखाना, निर्माण कम्पनी, र व्यक्तिगत रूपमा औजार तथा सवारी साधनहरूको विधिपूर्वक पूजा आराधना गरी विश्वकर्मा भगवानको सम्झनामा यो पर्व मनाइन्छ।

विश्वकर्मा पूजा विशेषतः विश्वकर्मा भगवानलाई समर्पित छ, जसलाई हिन्दू धर्ममा निर्माण, औद्योगिक कला, शिल्प, र वास्तुकलाका देवता मानिन्छ। उद्योग, कारखाना, यातायातका साधन, निर्माण सामग्री, र औजारहरूको पूजाआजा गरिँदा ती सामग्रीले राम्रो काम गर्ने, बिग्रिन नपाउने र दीर्घकालसम्म टिक्ने धार्मिक विश्वास रहिआएको छ।

धार्मिक कथन अनुसार, द्वापर युगमा राक्षसहरूले भगवान श्रीकृष्णलाई दुःख दिएपछि विश्वकर्मा बाबाले समुद्रको बीचमा वेद द्वारका निर्माण गरी श्रीकृष्णलाई लुकाएको मान्यता छ।

यसै अवसरमा, वास्तु शास्त्रका लेखक तथा अध्यताहरूको सम्मानमा आजको दिनलाई वास्तु दिवसको रूपमा पनि मनाइन्छ। वास्तु शास्त्र भवन निर्माण र स्थानको ऊर्जा व्यवस्थापनसँग सम्बन्धित शास्त्र हो, जसले मानव जीवनमा सकारात्मकता र समृद्धि ल्याउने विश्वास गरिन्छ। देशभरका विभिन्न स्थानमा यो पर्वको अवसरमा विशेष पूजा तथा अन्य कार्यक्रमहरू आयोजना गरिएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!