मोरङ उद्योग वाणिज्य संघमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको स्वागत र छलफल

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, आश्विन ०७, २०८१

१२२८  पटक हेरिएको

मोरङ उद्योग वाणिज्य संघमा राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेशका प्रमुख डि.आई.जी. श्री इन्द्र लामाज्यूलाई भव्य स्वागत गरिएको छ। संघका अध्यक्ष श्री अनुपम राठीज्यू सहित पदाधिकारी, कार्यसमिति सदस्य, युवा तथा महिला उद्यम समिति सदस्यहरूले उहाँलाई भेटेर छलफल गरेका हुन्।

कार्यक्रममा अध्यक्ष राठीज्यूले डि.आई.जी. लामाज्यूलाई उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्वागत गर्नुभयो। उहाँले खुला सीमानाका हुने अवैध व्यापार, चोरी पैठारी नियन्त्रण, स्वदेशी बजार संरक्षण, अपराध रहित वातावरण निर्माण, सांस्कृतिक विकृति नियन्त्रण, लागुऔषध नियन्त्रण, कृषि क्षेत्रको व्यावसायीकरण लगायतका विषयमा राष्ट्रिय अनुसन्धान विभागको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सुरक्षा निकाय र उद्योगी/व्यवसायीबीचको विगतको समन्वयलाई निरन्तरता दिन पनि अनुरोध गर्नुभयो।

कार्यक्रममा उपस्थित अन्य पदाधिकारीहरूले पनि डि.आई.जी. लामाज्यू समक्ष विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए। उनीहरूले उद्योगी/व्यवसायीहरूले सामना गरिरहेका समस्याहरू र त्यसको समाधानका लागि राष्ट्रिय अनुसन्धान विभागको सहयोगको अपेक्षा गरेका छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!