विराटनगर म्युजिक फेस्टिबलको तेस्रो संस्करण हुने

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आश्विन १५, २०८१

९१६  पटक हेरिएको

विराटनगरमा आयोजना हुने तेस्रो संस्करणको ‘विराटनगर म्युजिक फेस्टिबल’ को तयारी पूरा भएको छ। लाइभ इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो फेस्टिबलले दशैँ, तिहार र छठ पर्वको रौनकलाई थप उज्यालो बनाउने अपेक्षा गरिएको छ।

कात्तिक १० गते शनिबार देखि विराटनगर मेनरोडस्थित जैनभवनको खुला मैदानमा आयोजना हुने यो फेस्टिबलमा स्वप्न सुमन एण्ड द स्ट्रो ब्याण्ड र पूर्ण राई एण्ड दाजुभाइ जस्ता चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। यसका साथै, नेपाली चर्चित कलाकार, ब्याण्ड र विराटनगरका ख्याती प्राप्त संगीतकर्मीहरूको समुह विराटनगर मिउजिसिएन् ग्रुप, स्थानीय डान्स क्लबहरूको प्रस्तुतिले फेस्टिबललाई झनै मनोरञ्जनात्मक बनाउनेछ।

फेस्टिबलमा स्थानीय परिकारहरूको स्वाद चख्नका लागि फुड स्टलहरूको व्यवस्था गरिएको छ। साथै, अन्तर्राष्ट्रियस्तरको साउण्ड सिस्टम, स्टेज लाइट तथा एलइडी स्क्रिनको व्यवस्था गरिएकोले दर्शकहरूले उत्कृष्ट सांगीतिक अनुभव लिन सक्नेछन्।

फेस्टिबलको टिकट प्रिसेलमा २०० रुपैयाँ र डोर सेलमा ३०० रुपैयाँ तोकिएको छ। आयोजकका अनुसार, यो फेस्टिबलले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!