मोरङ ट्राफिक प्रहरीको इमान्दारी

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

१५२२  पटक हेरिएको

बिराटनगर।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले हराएको साढे ३ लाख रुपैयाँ बराबरको सुनको गहना सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ। विराटनगर–१, पोखरीया निवासी गणेश श्रेष्ठले आइतबार बजारबाट सुनको गहना किनेर घर फर्कने क्रममा सिटी सफारीमा छुटाएका थिए।

ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालको नेतृत्वमा रहेको टोलीले सिटी सफारीका चालकसँग समन्वय गरेर उक्त सुनका गहना श्रेष्ठलाई जिम्मा लगाएको हो। आइतबार विराटनगर–२ मुनालपथस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी गहना फिर्ता गरिएको थियो।

शुभ–दीपावलीको बेला बजारमा किनमेल गर्नेको भीड बढेको बेला व्यस्त विराटनगरको ट्राफिक चौकमा श्रेष्ठले सुनका गहना सफारीमा छोडेका थिए। मोरङ ट्राफिक प्रहरीले यस कार्यको लागि प्रशंसा प्राप्त गरिरहेको छ।

प्रहरी निरीक्षक लम्सालले जनताको साथ र सहयोग आवश्यक रहेको बताउँदै इमान्दारीपूर्वक काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। यस घटनाले प्रहरीको इमानदारी र समर्पणलाई उजागर गरेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!