विराटनगरमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, कार्तिक २४, २०८१

१३५६  पटक हेरिएको

विराटनगर।नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रको सहयोगमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको २–२० क्रिकेट प्रतियोगिता हुने खेल संयोजक मन्दिप साहले बताए ।

शनिबार भएको पहिलो खेलमा विराटनगरले राजविराजलाई ३८ रनले पराजित गरि ३ खेलको सिरिजमा विराटनगरले १–० को अग्रता लिएको छ । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५ रन बनाएको थियो । विराटनगरकालागि प्लेयर अफ द म्याच टिका साहले ३८ रन बनाउँदा सानु राजवंशीले १२ रन तथा पूर्णिमा राजवंशी र प्रिन्सा मगरले १०–१० रनको योगदान दिइन् । राजविराजकी बन्दना रजक, अपेक्षा यादव र साक्षी यादवले २–२ विकेट लिइन् ।

१ सय ५ रनको विजयी लक्ष्य पाएको राजविराजले पुरै ओभर खेल्दै ८ विकेट गुमाई ६७ रन मात्र बनायो । राजविराजकी दिपा रामले १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । विराटनगरकी स्मारिका गौतमले ३ विकेट र अंशु मण्डलले २ विकेट इिन् । यी दुइविचको दोस्रो खेल आइतबार हुने छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!