१०४० पटक हेरिएको
बिराटनगर । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक ३० गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार,प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी र साँगुरीगढी गाउँपालिकाको बिभिन्न एरिया इलाकाहरुका साढे ३८ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ३० हजार १ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ । यसै गरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका बिभिन्न एरिया इलाकाहरुको करिव २२ रोपनी पाखा बारीमा लगाएको १६ हजार ५ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।