बाढीपीडितलाई सामुदायिक सेवा समाजको राहत

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

१३९६  पटक हेरिएको

काभ्रे। बेथानचोकका बाढीपीडितलाई काठमाडौं महानगरपालिका वडा नम्बर ७ मैजुबहाल कुमारीगलस्थित सामुदायिक सेवा समाजले राहत प्रदान गरेको छ । समाजले बेथानचोक गाउँपालिका वडा नम्बर ४ का ७ घरपरिवारलाई खानेपानीको सुविधा पुनर्स्थापित गर्नका लागि खानेपानीको पाइप प्रदान गरेको हो । पीडामा रहेका यस क्षेत्रका स्थानीयहरूलाई दीर्घकालीन हिसाबले सहयोग पु¥याउने उद्देश्यका साथ खानेपानीको पाइप हस्तान्तरण गरि राहत प्रदान गरिएको संस्थाका अध्यक्ष शिवराम अर्यालले बताउनुभयो ।

सामुदायिक सेवा समाज र सामुदायिक योग समूहको सहकार्यमा २०८१ मा देउसीभैलोबाट उठेको रकम संकलन गरि ३० घरपरिवारलाई २ हजार मिटर खानेपानी पाइप वितरण गरिएको हो । राहत सामग्री ४ नम्बर वडाध्यक्ष कृष्णबहादुर लामा, निवर्तमान वडाध्यक्ष लालबहादुर श्रेष्ठ, स्थानीयको रोहबरमा संस्थाका अध्यक्ष शिवराम अर्यालले वडाध्यक्ष लामालाई हस्तान्तरण गर्नुभएको हो । वितरण गरिएको पाइपबाट बाढी पीडित घरपरिवारले खानेपानी सहज रुपमा प्राप्त गर्ने अपेक्षा संस्थाको छ ।

मैजुबहाल कुमारीगालमा रहेको सामुदायिक भवनमा देउसीभैलो कार्यक्रमबाट संकलित ८० हजार ८  रकमबाट २ हजार मिटर पाइप खरिद गरि हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष अर्यालले बाढीपहिरो पीडितको दुःखमा मल्हम लगाउन पाउँदा थप उत्साहित भएको बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले सामुदायिक सेवा समाजमा १३ जनाको कार्यसमिति रहेको जानकारी दिनुभयो । ३०० भन्दा धेरै सदस्यहरू रहेको संस्थाले विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको छ ।

वितरित पाइपबाट स्थानीयले दोभानखोका, मुलखोला, कोप्चेखोला, लथङडाडाका मुहानबाट खानेपानी ल्याइने बेथानचोक गाउँपालिका निवर्तमान वडाध्यक्ष लाल बहादुर श्रेष्ठ बताउनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!