चौहानको ५१ औं जन्मदिनमा गरे एक सय विद्यार्थीलाई न्यानो कपडा वितरण

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

१०५५  पटक हेरिएको

विराटनगर।व्यवसायिक संस्था आकृति एडमर्टाइजिङका सञ्चालक मनोज चौहानले विराटनगर ५ स्थित सिद्धकाली आधारभूत विद्यालयका एक सय भन्दा बढी विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । आफ्नो ५१ औं जन्मोत्सवको अवसरमा उनले विद्यालयका साना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर मनाएका हुन् ।

विराटनगरका उद्योगी एवम् समाजसेवीको रुपमासमेत परिचित चौहानले विद्यार्थीहरुकै माझमा आफ्नो जन्मदिन मनाउँदै केक काटेर साना विद्यार्थीहरुलाई केक खुवाएका थिए ।विराटनगर ५ स्थित दामाबन्दीमा रहेको उक्त विद्यालयमा विद्यार्थीहरुले विद्यालय छोड्ने र विद्यालयमा उपस्थित नहुने समस्या बढी देखिएको छ ।

विद्यार्थीहरुलाई विद्यालय नियमित आउन अभिप्रेरित गर्न चौहानले विद्यार्थीहरुलाई आफ्नो जन्मदिनको अवसरमा न्यानो कपडा उपलब्ध गराएको सकेको सहयोग गर्ने प्रयत्न गरेको बताए । उनले भने ‘म पनि यस्तै विद्यालयमा बाल्यकाल विताएर आएको हुँ, सरकारी विद्यालयमा धेरै कुराको अभाव हिजो पनि थियो र त्यो भोगेर हामी आयौं, आज पनि ती समस्याहरु उस्तै छन्, त्यसैले मैले सकेको सहयोग गर्दा कुनै न कुनै रुपमा विद्यालय र विद्यार्थीहरुलाई लाभ हुनसक्छ भनेर अनि साना नानीहरुसँगै बसेर बर्थ डे मनाउन रहर लागेर आएको हुँ ।

’ आफ्नी सानी छोरी आकृती, पत्नी शर्मिला चौहान र साथीहरुका साथ विद्यालय पुगेका चौहानले विद्यालयले आवश्यकताम ठानेको अरु विषयमा पनि सहयोग गर्न तयार रहेको बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!