६८२ पटक हेरिएको
काठमाडौँ । ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ विजेता डाक्टर आयुष्नोभा ढुंगाना इजिप्ट उडेकी छन् । इजिप्टको शर्म अल शेख स्थित सनराइज रिमल होटलमा २१ नोभेम्बर (आज)देखि आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न उनी बिहिबार मध्यान्न इजिप्ट उडेकी हुन् । उनी टर्कीको स्तानबुल हँुदै इजिप्ट पुग्नेछिन् ।
इजिप्ट उड्नु अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्तलमा संचारकर्मीसँग कुरा गर्दै उनले देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिन पाउनु गौरवको बिषय भएको बताइन् । प्रतियोगीताको शिर्ष उपाधि नेपाल भित्र्याउने आफ्नो पहिलो लक्ष्य हुने उनले सुनाइन् ।
५५ देशले प्रतिनिधित्व गर्ने प्रतियोगीतामा उनी नेपालको एक्लो सहभागी हुन् । राष्ट्रिय फूल लालिगुरासको गाउनमा शान्तीको प्रतिक परेवाको फ्युजन राखेर उनले प्रतियोगीताका लागि पहिरन समेत तयार गरेकी छन् ।
प्रतियोगीताका लागि उनले एक भिडियो पनि बनाएकी छन् । जसमा नेपालको ऐतिहासिक धरोहर मठ मन्दिर, प्रकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषी र नेपाली पहिरन लगायतका कलासंस्कृति समेत झल्काएकी छन् ।
कलाकारिता र डाक्टर पेशा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकीयाट्रिक म्यानेजमेन्ट, साइको एजुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिशत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।