कृत्रिम गर्भाधारण सेवा : प्रभावकारी निति आवश्यक

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, मंसिर ०७, २०८१

११८६  पटक हेरिएको

विराटनगर । नेपालमा निसन्तानपनको समस्या भएका महिलाहरू अझै पनि पर्याप्त जानकारी र सेवाबाट वञ्चित रहेको पाइएको छ। महिला पुनःस्थापना केन्द्र ओरेकले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो तथ्य सार्वजनिक गरिएको हो।

ओरेकका अनुसार मोरङ जिल्लाका अधिकांश महिलाहरूलाई निसन्तानपनको उपचार अस्पतालमा उपलब्ध हुन्छ भन्ने कुरा थाहा छैन। गत आर्थिक वर्षको बजेटमा हरेक प्रादेशिक अस्पतालमा यो सेवा पुर्‍याउने घोषणा भए पनि कार्यान्वयन हुन सकेको छैन।

ओरेक नेपाल विराटनगर कार्यालय प्रमुख सरस्वती दनुवारका अनुसार मोरङ जिल्लाका सरकारी तथा निजी अस्पतालहरूमा गरिएको अध्ययनमा ५० प्रतिशत महिलाहरूले निसन्तानपनको उपचार सेवा उपलब्ध हुन्छ भन्ने कुरा थाहा नपाएको बताएका छन्।

गाउँगाउँमा गरिएको अध्ययनले एउटै गाउँमा २० देखि २५ जना महिलाहरू यौन प्रजनन स्वास्थ्य समस्याबाट पीडित रहेको देखाएको छ। विश्वव्यापी रूपमा प्रत्येक ६ जना महिलामध्ये एक जना महिला निसन्तानपनको समस्याबाट गुज्रिरहेकी छन् भने नेपालमा पनि यो समस्याले महिलाहरूलाई बढी प्रभावित गरिरहेको छ।

विराटनगरका केही निजी अस्पतालहरूमा यो सेवा उपलब्ध भए पनि उच्च लागतका कारण गरिब तथा विपन्न वर्गका महिलाहरू यो सेवाबाट वञ्चित हुने गरेका छन्। त्यसैले सरकारी अस्पतालहरूले यो सेवा सञ्चालन गर्नुपर्ने र निजी अस्पतालहरूले शुल्क घटाउनुपर्ने महिलाहरूमा गरिएको अध्ययनले देखाएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!