नोबेल शान्ति पुरस्कार पाएपछि मोहम्मदी इरानी मिडियाको निशानामा

Logo
स्थानिय अवाज प्रकाशित शनिबार, आश्विन २०, २०८०

१८१५  पटक हेरिएको

तेहरान । जेलमा रहेकी अभियन्ता नर्गिस मोहम्मदीले नोबेल शान्ति पुरस्कार पाउने घोषणा गरेपछि इरानको मिडियाले उनको आलोचना गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार इरानी मिडियाले मोहम्मदीलाई ‘आतंकवादी समूहसँग मिलेर काम गरेको’ र ‘इरान विरोधी गतिविधिमा संलग्न भएको’ आरोप लगाएको छ।

५१ वर्षीया पत्रकार तथा अभियन्ता नरगिस मोहम्मदीले विगत दुई दशकको अधिकांश समय विभिन्न आरोपमा जेलमा बिताएकी छन् । उनीमाथि सरकार विरोधी प्रचार गरेको र राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आरोप पनि लागेको छ । उनी अन्तिम पटक नोभेम्बर २०२१ मा जेल परेकी थिइन् ।

यसैबिच इरानका विदेशमन्त्री नासेर कनानीले मोहम्मदीलाई नोबेल पुरस्कार दिने निर्णय पक्षपाती र राजनीतिक भएको बताएका छन् । यसै क्रममा इरानी मिडियाले नरगिस मोहम्मदी र नोबेल पुरस्कार समितिको आलोचना गरेका छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!