सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : कोइराला

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, मंसिर २२, २०८१

४०४  पटक हेरिएको

file photo

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताए ।

उनले भने, “नेपाली कांग्रेस र नेकपा (एमाले) ले मात्रै संविधान संशोधन गरेर हुँदैन ।” फरक प्रसङ्गमा उनले वर्तमान सरकार परिवर्तन नहुने बताए । सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा नेता कोइरालाले जोड दिए । वीआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!