५०० पटक हेरिएको
file photo
झापाको मेचीनगर इट्टाभटा नजिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्दै कालो झण्डा देखाएका छन् ।
प्रदर्शनकारीहरूले राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाउँदै प्रधानमन्त्रीको नीति तथा कार्यक्रमको विरोध गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले रास्वपा झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको छ ।