२५७४ पटक हेरिएको
पटनाको युथ होस्टेल फ्रेजर रोडमा आइतबार आयोजित एकदिवसीय राष्ट्रिय गोष्ठी तथा पर्यावरण योद्धा अभिनन्दन समारोहमा भारत नेपाल सीमा जोगबनी निवासी राजेश शर्मालाई जगत्गुरु शंकराचार्य स्वामी अधोक्षजानन्ददेवतीर्थ जी महाराज गोवर्धन पीठको कमलबाट सम्मान गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि विधायक तथा स्वतन्त्र पत्रकार छत्रपति यादवकाे प्रमुख आतिथमा भएकाे थियो ।
साे कार्यक्रममा मुजफ्फरपुर बिहारका सुनील कुमार र अनिता जीले नाटक र पर्यावरण सम्बन्धि गीत गाउनुका साथै नाटक समेत गरेका थिए ।
विशेष अतिथि पद्मश्री सुधा वाराणसी, श्री सुरेश शर्मा
नेपाल, सञ्जय कुमार, गौराय चरा बचायने अभियानका अभियान्ता, नागमणि कुशवाहले वातावरण संरक्षण सम्बन्धि मन्तव्य राखेका थिए ।
अखिलेश कुमारले पिपल नीम तुलसी अभियानको प्रगतिको बारेमा प्रकाश पारेका थिए ।
देशका अन्य राज्यहरु लगायत सबैको कार्ययोजनाको बिषयमा डा. धर्मेन्द्र कुमारले विस्तारपूर्वक प्रस्तुत गरेका थिए । डा. ओ.पी. चौधरी, नम्रता आनन्द झारखण्ड, राजस्थान, उत्तर प्रदेश, दिल्ली, मध्य प्रदेश, लाई धन्यवाद दिएकाे थियो ।
साे अवसरमा १५० वातावरण योद्धालाई सम्मान गरिएको थियो । बिहार राज्यको अररिया, बक्सर, मुजफ्फरपुर, मधुबनी, सुपौल, दरभंगा, वैशाली, मुंगेर, बांका, भागलपुर, समस्तीपुर, नवादा आराह, पटनाका पर्यावरण योद्धाहरूले भाग लिएका थिए।
कार्यक्रमका मुख्य समर्थकहरू श्री अखिलेश सिंह मुख्य संरक्षक, उत्प्रेरक श्री राजेश प्रसाद संरक्षक, डा. पी. प्रियदर्शी, श्रीमती प्रेमलता सिंह, श्रीमती ज्ञानवती देवी, श्रीमती मीना राई, श्री विवेकानन्द, श्री प्रद्युमन कुमार हुन्। , श्री सुजय कुमार पाण्डे, श्री मन्टु कुमार, श्री प्रबोध पटेल गुप्ता जी कार्यक्रमको अध्यक्ष थिए।
मोहनलाल वर्मा मेरठ, मिडिया इन्चार्ज, इन्जिनियर युवराज संस्थापक सह-अध्यक्ष डा. धर्मेन्द्रले वातावरण मैत्री बारे जानकारी गराएकाे थिए ।
श्री शंकराचार्य जी, पर्यावरण र वृक्ष संरक्षक, श्री नरेन्द्र कुमार विकल, राजा रंजित, उपमिश्र, नितिश गौरव, डा. के. ठाकुर, श्री रंजनकाे उपस्थित रहेकाे थियोे ।
साे कार्यक्रम पीपल नीम तुलसी अभियानका धिरेन्द्र कुमारकाे अध्यक्षतामा भएकाे थियो ।