अमरदह युवा क्लबद्वारा गरिब तथा विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, पुष १९, २०८१

९०८  पटक हेरिएको

अमरदह।सुनवर्षी–२ स्थित अमरदह युवा क्लबले राष्ट्रिय टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा समाजसेवाको एउटा अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ। क्लबले श्री वीरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका गरिब तथा विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।

क्लबका अध्यक्ष रेशभ ढुंगानाका अनुसार, ६० जोर न्यानो कपडा वितरण गरिनुका साथै केही वृद्धवृद्धा, अशक्त व्यक्ति, र स्थानीय बालबालिकाहरूलाई समेत थप लुगा प्रदान गरिएको छ। क्लबका सदस्य राजु शाहको आर्थिक सहयोगमा सम्पन्न भएको यो कार्यक्रममा आदित्य ठाकुर, सुरेश डोटेल, सुनवर्षी–२ का वडाध्यक्ष बिनोद राजवंशी, तथा विद्यालयका शिक्षकशिक्षिका र स्थानीय बुद्धिजीवीहरूको उत्साहजनक उपस्थिति थियो।

स्थानीय बासिन्दाहरूले क्लबको समाजसेवाप्रतिको निरन्तर प्रतिबद्धताको प्रशंसा गरेका छन्। विगतमा पनि सामाजिक कार्यहरू गर्दै आएको यस क्लबले समाजमा सकारात्मक प्रभाव छाड्दै आएको छ।

कार्यक्रमले जाडोयाममा गरिब तथा विपन्न वर्गको आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्य सफल भएको क्लबका सदस्यहरूले बताएका छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!