पथरीमा चलचित्र ‘सिक्कुम’ को विशेष प्रदर्शनी

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, माघ ०२, २०८१

७०४  पटक हेरिएको

पथरी।राज फिल्मस प्रालिको ब्यानरमा निर्मित मौलिक चलचित्र ‘सिक्कुम’ को पथरीमा विशेष प्रदर्शनी गरिएको छ ।लिम्बु संस्कृति र रितिरिवाज केन्द्रित कथावस्तुमा तयार पारिएको चलचित्र सिक्कुमको पथरी स्थित हरियाली सामुदायिक वनको सभाहलमा बुधबार विशेष प्रदर्शनी गरिएको हो ।

चलचित्र प्रदर्शनीमा उर्लाबारीका सफल व्यवसायी एवम् समाजसेवी अर्जुन तुम्रुकको प्रमुख आतिथ्य रहेको थियो भने प्रदर्शनीमा विशेष सहयोग पुर्‍याउने सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।

याक्थुङ सिने अवार्ड – २०८१ को मनोनयनमा समेत परेको चलचित्र सिक्कुम हेर्न आएका दर्शकहरुले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । मौलिक संस्कृतिलाई केन्द्रमा राखि निर्माण गरिएको हुनाले पनि दर्शकले चलचित्र मनपराएको चलचित्र प्रदर्शनी संयोजन गर्ने पथरीका युवा व्यवसायी तथा समाजसेवी हेमन्त सुवेदीले बताए ।

त्रिकोणात्मक प्रेम कथा रहेको चलचित्र सुर्य बुढाथोकीले निर्देशन गरेका हुन भने राज श्रेष्ठ , पवित्रा लिम्बु, सविना लिम्बु, राज लिम्बु, लक्ष्मण पुन्य लामिछाने, कोपिला शाक्य, टेकराज लिम्बु, डम्बर कुमारी पयङ्गो, भविन्द्र लिम्बु, कुबेर देवान आदिको अभिनय रहेको छ । चलचित्रलाई मिना कुमारी लिम्बु, डम्बर कुमारी लिम्बु, कोपिला शाक्य र चन्द्रकला सुब्बाले निर्माण गरेका हुन ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!