नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल कबड्डी टीमका कप्तान मेनुका राजवंशीलाई जहदा ३ को कार्यलयद्धारा सम्मानित

Logo
स्थानीय अवाज प्रकाशित बिहिबार, कार्तिक ०२, २०८०

५३२७  पटक हेरिएको

बिराटनगर। चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त गराउन सफल भएकी कबड्डीतर्फका कप्तान मेनुकाकुमारी राजवंशीलाई जहदा गाउँपालिका वडा नम्बर तिनले सम्मान गरेको छ ।

जहदा गाउँपालिका वडा नम्बर तिनले आज जहदा ३ स्थित रहेको राधाकृष्ण मन्दिरको प्रङ्गणमा नागरीक अभिन्दन कार्यक्रम गरी रु. २५०० (पच्चिस हजार)  सहित सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।

कप्तान राजवंशी आफ्नो गृह जिल्ला मोरगं बिहिवार आए संगै वडा अध्यक्ष अनिल कुमार ठाकुर सहितको टोली बिराटनगर एयरपोटमा गएर उनलाई सम्मान गरेको हो ।

कप्तान राजवंशी मोरगंको जहदा गाउँपालिका वडा नम्बर ३ जयरामपुर गाउँका निवासी हुन् । एसियाली खेलमा कबड्डीतर्फ राजवंशीको कप्तानीम कास्य पदक प्राप्त गरे पछी सम्पुर्ण गाउँबासीले खुस्याली मनाएका थिए ।

आफ्नो गाउँको एउटा महिलाले देशको कबड्डीतर्फको टिमलाई नेतृत्व गरी कास्य पदक जिताउन सफल भएको मा आफुलाई धेरै खुशी लागेको जहदा गाउँपालिका वडा नम्बर तिनका वडा अध्यक्ष अनिल कुमार ठाकुरले बताए । उनले भने हाम्रो जस्तो समुदायबाट महिला जातीलाई अगाडी बढाउनु हुदैन भन्ने चाहाना राख्ने समाजबाट देशकै टोलीलाई नेतृत्व गरी आज यहाँ सम्म पुगेकोमा हामी सबैका लागि गैरवको कुरा भएको बताए ।

महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित ६१–१७ अङ्कले पराजित भएको थियो । नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो भने भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

कार्यक्रममा बोल्दै कप्तान मेनुकाकुमारी राजवंशीले भनिन, ”आफुलाई साथ र सहयोग गरी यहाँ सम्म पुुर्याउने सबैलाई धन्यवाद दिदै यो यात्र सोचे जस्तो यात्रा हुुदो रहेन छ । हामीलाई यहाँ सम्म आउन धेरै नै मेहनत गर्नुु परेको  तर लगातार मेहनत गरेमा एक दिन अवश्य नै सफल हुन्छ भने उनले बताईन । हामी अहिले जिती सकेका छैनौं  र अझै हामी धेरै मिहनेत गर्न बाकी रहेको राजवंशीले बताईन् ।

कार्यक्रममा वडा अध्यक्ष अनिल कुमार ठाकुर, वडा सचिव लिलाकान्त साहु, वडा सदस्यहरु, पत्रकार लगायत स्थानियहरुको ब्यापक उपस्थिती रहेको थियो ।

नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!