भारतबाट नेपालतर्फ ल्याइँदै गरेको चाँदी बरामद

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, माघ १०, २०८१

११८९  पटक हेरिएको

मोरङ ।मोरङको धनपालथान गाउँपालिका–२ गोसाइँ पोखरीस्थित दशगजा क्षेत्रमा नेपाल प्रहरीले अवैध चाँदी बरामद गरेको छ। प्रहरीको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलालाई शङ्कास्पद देखेर चेकजाँच गर्दा उक्त घटना भएको हो। प्रहरीले आफूलाई देखेपछि महिला भाग्न खोजेकी थिइन्। भाग्ने क्रममा उनले लुकाएर ल्याएको चाँदी कपडामा बेरेर फालेकी थिइन्।

प्रहरीले फालेको पोको खोलेर हेर्दा करिब १६०० ग्राम तौलको चाँदीका गहना फेला पारेको छ। प्रहरीका अनुसार बरामद गरिएको चाँदीको अनुमानित मूल्य दुई लाख ६० हजार रुपैयाँ रहेको छ। ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले यस विषयमा थप अनुसन्धान भइरहेको बताए।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!