फोनिजको स्थापना दिवसमा ६० जनाको स्वास्थ्य परीक्षण

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, साउन २७, २०८०

५२३६  पटक हेरिएको

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २४ औं स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

फोनिज मोरङ शाखाको आयोजनामा विराटनगरमा भएको स्वास्थ्य शिविरमा ६० जनाले स्वास्थ्य परीक्षण गरेका हुन् ।

फोनिजको २४ औ स्थापना दिवसको अवसर पारेर फोनिज संघीयले विराटनगरमा आज सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागि भएका अतिथि र उपस्थीत संचारकर्मीहरुको लागि फोनिज मोरङले स्वास्थ्य शिविर राखेको थियो ।

जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर विराटनगरको प्राविधिक सहयोगमा भएको शिविरमा ब्लट पेसर र सुगरको जाँच गरिएको थियो । जनरल हस्पिटलबाट आएका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेका थिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!