शिक्षक आन्दोलनमा नेपाली काङ्ग्रेस कोशी प्रदेशको ऐक्यबद्धता

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, चैत्र २४, २०८१

१३६९  पटक हेरिएको

मोरङ ।नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलनप्रति नेपाली काङ्ग्रेस कोशी प्रदेशले ऐक्यबद्धता जनाएको छ ।कोशी काङ्ग्रेसका सभापति उद्वब थापाले आज एक विज्ञप्ति जारि गर्दै २०८१ माघ २० गतेबाट नेपाल शिक्षक महासंघले जारि गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन ।

विज्ञप्तिमा कोशी काङ्ग्रेस प्रदेश कार्यसमितिले शिक्षकहरुको आन्दोलनमा पुर्ण ऐक्यबद्धता जनाउँदै गुणस्तरीय विद्यालय शिक्षाका लागि शिक्षक र विद्यालय कर्मचारीहरुसंग भएका सहमति कार्यन्वयन गर्न सरकारसंग माग गरिएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा , विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन निर्माण आदि माग राख्दै आन्दोलनरत शिक्षक महासंघसंग विगतमा भएका सम्झौताको कार्यन्वयन र महासंघले उठाएका जायज मागहरुलाई वार्ता र संवादका माध्यमबाट सम्बोधन गर्नुपर्ने कोशी काङ्ग्रेसले सरकार संग अपिल समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ , “नेपाल शिक्षक महासंघले उठाएका मागहरूलाई नेपाली काङ्ग्रेस कोशी प्रदेश समितिले पूर्ण एक्यबद्धता जनाउँदै विद्यालय शिक्षक लगायत शिक्षक र विद्यालय कर्मचारीहरूको माग सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह गर्दछ ।”

कमेन्ट गर्नुहोस्
error: Content is protected !!