५४ योजना मार्फत १ खर्ब ३९ अर्ब भित्र्याउने कोशी प्रदेश सरकारको लक्ष्य

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, बैशाख ०३, २०८२

६८७  पटक हेरिएको

विराटनगर ।कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते विराटनगरमा हुने लगानी सम्मेलन का लागि १ खर्व भन्दा बढीको लगानी भित्राउने लक्ष्य राखेको छ ।पहिलो लगानी सम्मेलनमा १ खर्व ३९ अर्ब रुपैयाँको लगानी भित्राउन ५४ वटा योजना सोकेसिङमा राखिएको छ ।

लगानी प्राधिकरणका कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा १५ वटा भौतिक पूर्वाधारमा १४ वटा योजना बनेका छन् । यस्तै लगानी सम्मेलनमा कृषिका ९ उद्योगमा ९ वटा परियोजना समावेश गरिएको छ ।

यस्तै सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वट परियोजना सम्मेलनका लागि सोकेसिङ भएको छ । लगानी सम्मेलन मार्फत होटल, रिसोर्ट, वाटर पार्क लगायत समेत योजना सोकेसिङ भएका छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!