
१३३६ पटक हेरिएको

काठमाडौं।समसामयिक सामाजीक तथा राजनीतिक बिषयमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’ को एउटा गीतमा नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्मको ‘आउ यस्तो देश बनाऔं’ बोलको गीत बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको हो ।
चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको सो गीतको शब्द पनि महामन्त्री शर्माले रचेका हुन् ।‘महामन्त्री शर्माले निकै सान्दर्भीक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने,‘‘बिगुल’मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ । कुशल राजनीतिज्ञका साथै गीतसंगीतमा समेत निकै दख्खल राख्ने बिश्वप्रकाश दाईको शब्द,संगीतप्रति नतमस्तक छु ।’ उनले ‘बिगुल’ ले आम दर्शकमा मनोरञ्जनका साथै राष्ट्र र राष्ट्रियताको बिषयमा चेतना जागृत गराउन प्रयत्न गर्ने बताए ।
म्याग्नेलिया गु्रप प्रालिको ब्यानरमा निर्माण हुने ‘बिगुल’ मा नरेन खड्का,बेनिशा हमाल,रमेश बुढाथोकी,गीता अधिकारी,सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसकेका छन् । शिब ढकालले खिच्ने फिल्मको कथा दिनेश कोइरालाको हो भने पटकथा,संवाद मौनता श्रेष्ठले लेखेका छन् । बैशाख तेश्रो साताबाट सुटिङ सुरु हुने फिल्मका गीतमा बिश्वप्रकाशका साथमा अर्जुन पोखरेल र मनोज चौलागार्इंको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको निर्माण ब्यबस्थापकमा श्याम केसी छन् । चितवनका बिभिन्न स्थानमा खिचिने ‘बिगुल’ लाई एक बिचार,आवाज र एक बैचारिक क्रान्तिको संकेतका रुपमा अथ्र्याइएको छ ।