
७६८ पटक हेरिएको

गण्डकी।पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग गर्ने भएको छ । यसका लागि महानगरपालिकाले रु १२ लाख ३९ हजार सहयोग गर्ने भएको छ ।
महानगरपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गरी घाँसखेती प्रवद्र्धन गर्ने उद्देश्यका साथ चार वर्षयता जै घाँस लगाउने किसानलाई सहयोग गर्दै आएको महानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा अशेषराज विकले जानकारी दिए ।
उनका अनुसार यस वर्ष कुल एक हजार ९४२.४ रोपनी क्षेत्रफलमा प्रतिरोपनी ६३८ दरले जै घाँसखेती लगाउने १७८ किसानलाई रकम गरिने भएको छ ।यसअन्तर्गत बीउका लागि पाँच लाख ५९ हजार र खनजोतका लागि छ लाख ७९ हजार विनियोजन गरिएको प्रमुख डा विकले बताए । रासस